कान्तिपुर थिएटरमा ‘समर लभ’ 🎭
युवा पुस्तामाझ अत्यन्त लोकप्रिय लेखक सुबिन भट्टराईको चर्चित उपन्यासमा आधारित नाटक ‘समर लभ’ श्रावण २९ गते, शुक्रबारदेखि कान्तिपुर थिएटर गैह्रीधारामा मञ्चन भइरहेको छ।
निर्देशक सम्राट भुजेलको निर्देशन तथा कान्तिपुर फिल्म एकेडेमीको निर्माणमा तयार भएको यो नाटक हरेक दिन दिउँसो १:१५ बजे र साँझ ५:१५ बजे (बुधबार बाहेक) मञ्चन हुनेछ।
सिट संख्या सीमित भएकाले अग्रिम टिकट बुकिङ गरेर मात्र थिएटर आउनुहुन हार्दिक अनुरोध गर्दछौँ।
🎟️ टिकट दर
• विद्यार्थी: रु. ३०० (सीमित सिट)
• सामान्य: रु. ५००
• विशेष: रु. १,०००
⚠️ दर्शकहरूका लागि महत्त्वपूर्ण जानकारी
• अग्रिम टिकट अनलाइन बुकिङ गरेर मात्र थिएटर आउनुहोस्।
• शो सुरु हुनुभन्दा १५ मिनेटअघि अनिवार्य रूपमा उपस्थित हुनुहोस्। शो सुरु भएपछि प्रवेश दिइने छैन।
• बुक गरिएको टिकट इमेलमा प्राप्त हुनेछ। इमेल नआएमा मात्र ९८०२३५६११३ (WhatsApp) मा सम्पर्क गर्नुहोस्।
• बुक गरिएको टिकट रिफन्ड वा रिप्लेस हुने छैन।
• नाटकको अवधि १ घण्टा ४५ मिनेट रहेको छ। नाटक चलिरहेको समयमा बीचमा बाहिर–भित्र गर्न पाइने छैन।
• काखका बच्चाहरू ल्याउन निषेध गरिएको छ।
• थिएटर परिसरमै गाडी तथा मोटरसाइकल पार्किङको व्यवस्था उपलब्ध छ।
📍 स्थान: कान्तिपुर थिएटर, गैह्रीधारा, काठमाडौं
(गैह्रीधारा चोकबाट बालुवाटारतर्फ जाँदा दाहिनेपट्टि, टाटा मोटर्सको शोरुम र दाउरा थकालीसँगैबाट भित्र !)
Pathao, Yango, inDrive वा Google Maps मा "Kantipur Theatre" खोजेर सजिलै पुग्न सकिन्छ।
📞 टिकट बुकिङ तथा सम्पर्क
०१–५२४५०१२ / ९८०२३५६११३
WhatsApp (९८०२३५६११३) मा सन्देश पठाएर वा ०१–५२४५०१२ मा फोन गरेर पनि टिकट बुक गर्न सकिन्छ।
कान्तिपुर थिएटर | कान्तिपुर फिल्म एकेडेमी
🗓️ मञ्चन प्रारम्भ: श्रावण २९, २०८३ (अगस्ट १४, २०२६)
⏱️ अवधि: १ घण्टा ४५ मिनेट
Release Date: Aug 14, 2026
Runtime: 1:45 Min. Hours
Kathmandu