Our purpose

समाजका विविध विषयमा आधारित नाटकहरू प्रस्तुत गरेर यो थिएटरले नाटकहरू मार्फत् समाजमा विद्यमान कुरीति, विसंगति लगायत गम्भीर विषयहरू, इतिहास, दर्शन र मानवीय संवेदनालाई उजागर गरी दर्शकहरूमा सामाजिक, राजनैतिक तथा सांस्कृतिक चेतनाको विस्तार गर्ने लक्ष्य बोकेको छ। यो थिएटर सीर्जनशील लेखक, निर्देशक, कलाकार तथा रंगकर्मीहरूका लागि स्वतन्त्र अभिव्यक्तिको मञ्च हो।   अभिनय र रंगमञ्च सिक्न चाहने विद्यार्थीहरूले सैद्धान्तिक ज्ञानसागै व्यवहारिक अभ्यासको अनुभव पनि प्राप्त गरुन् भन्ने हेतुका साथ कान्तिपुर थिएटरले यसलाई प्रयोगात्मक विद्यालयको रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ।