'सेतो धरती' नाटक (थप १ हप्ता मञ्चन!)
दर्शकहरूको अभूतपूर्व माया र विशेष अनुरोधका कारण मदन पुरस्कार विजेता अमर न्यौपानेको उपन्यासमा आधारित नाटक 'सेतो धरती' आज शनिबारदेखि आगामी हप्ताको आइतबारसम्मका लागि थप गरिएको छ। सिट संख्या सीमित भएकाले बेलैमा आफ्नो टिकट सुरक्षित गर्नुहोस्।
🎟️ टिकट दर:
विद्यार्थी: रु. ३०० | सामान्य: रु. ५०० | विशेष: रु. १०००
⚠️ महत्त्वपूर्ण जानकारी:
अग्रिम टिकट: अनलाइन बुकिङ गरेर मात्र थिएटर आइदिनुहोला।
समय: शो सुरु हुनुभन्दा १५ मिनेट अगाडि अनिवार्य रूपमा थिएटर आइसक्नुहोला। शो सुरु भएपछि प्रवेश पाइने छैन।
टिकट इमेल: बुक गरिएको टिकट इमेलमा आउनेछ। इमेल नआएमा मात्र 9802356113 (WhatsApp) मा म्यासेज गर्नुहोला।
नियमहरू: बुकिङ भइसकेको टिकट रिफन्ड/रिप्लेस हुँदैन। नाटकको अवधि १०० मिनेट हो, बीचमा बाहिर-भित्र गर्न मिल्ने छैन। काखका बच्चाहरू ल्याउन निषेध गरिएको छ।
पार्किङ: थिएटरभित्रै गाडी र बाइक पार्किङको व्यवस्था छ।
📍 स्थान: कान्तिपुर थिएटर, गैह्रीधारा, काठमाडौं (पठाओ/गुगल म्यापमा सजिलै भेटिने)
📞 सम्पर्क: ०१-५२४५०१२ / ९८०२३५६११३
- कान्तिपुर थिएटर, कान्तिपुर फिल्म एकेडेमी
Release Date: Apr 10, 2026
Runtime: 1:30:00 Hours
Kathmandu